एपिएफ र आर्मी सेमिफाइनलमा (फोटो फिचर)

काठमाडौं (खेलदैनिक) । पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा आईतबार एपिएफ र आर्मी महिलातर्फ सेमिफाईनलमा प्रवेश गर्न सफल भएका छन् ।

एपिएफले समूह ए को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी)लाई ३–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । एपिएफले बिएमसीलाई २५–११, २५–१२ र २५–१६ ले पराजित गरेको थियो । जितपछि एपिएफको ६ अंक भएको छ ।

यस अघि एपिएफले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई पराजित गर्दै ३ अंक जोडेको थियो । यस्तै आर्मी पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । आर्मीले जेभिसीलाई २५–११, २५–५, २५–११ ले पराजित गर्दै ६ अंक बनाउन सफल भएको हो । टिएसीले शनिबार बिएमसीलाई पराजित गर्दै ३ अंक बटुलेको थियो । समूह बिजेता र उपबिजेताको टुङ्गो भने एपिएफ र सेना विचको प्रतिस्पर्धा बाट हुनेछ ।

नेपाल भलिबल संघको आयोजनामा दशरथ रङ्गशालाको कभर्डहलमा जारी च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लब ग्रुप डीमा पहिलो जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी)ले पहिलो जित निकाल्ने क्रममा बुद्धटोल युवा भलिबल क्लब (बिवाईसी) लाई २५–१०, २५–१५, २५–११ ले पराजित ग¥यो । ग्रुपमा दुई टिम मात्र भएकोले पहिलो जितमानै हेल्प नेपाल क्वाटरफाईनल प्रवेश गर्न सफल भएको हो । हारका बावजुद बिवाईसी पनि समूह उपविजेताको रुपमा क्वाटरफाईनल प्रवेश गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...