राष्ट्रिय भलिबलः एपिएफ र आर्मीको जित

(तस्विर : गुगल)

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघको आयोजनामा पाँचौ राबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा शनिबार महिला तर्फको खेलमा एपिएफ क्लब र आर्मीले जित निकालेका छन् ।

दशरथ रङ्गशालाको कभर्डहलमा भएको दोश्रो दिनको पहिलो खेलमा एपिएफले जावलाखेल भलिबल सेन्टर (जेभिसी)लाई ३–० को सोझो सेटमा पराजित गर्दै ३ अंक बटुल्न सफल भयो । एपिएफले जेभिसी माथि २५–४, २५–८, २–८ को सेटमा पराजित गरेको हो ।

त्यस्तै महिलातर्फकै दोश्रो खेलमा आर्मीले भरतपुर मेट्रो खेलकुद परिषद (बिएमसी) लाई ३–० सेटले नै पराजित गर्यो । टिएसीले बिएमसीलाई २५–८, २५–२०, २५–१० को सोझो सेटमा पराजित गरेको हो ।

शनिबारनै भएको पुरुषको पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्लब (एनवाईसी) र आरजी भलिबल ग्रुप (आरजीजी) विचको खेलमा एनवासीले जित हात पार्यो । एनवाईसीले २५–२०, २५–१६, २५–१८ अंकका साथ ३–० को जित निकाल्दै ३ अंक बटुल्न सफल भयो । एनवाईसीको पहिलो जित हो भने आरजीजीको दोश्रो हार हो ।

पुरुषको दोश्रो खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लब (पिभिसी) बाट वाक ओभर प्राप्त गर्यो । प्रतियोगिताको तेश्रो दिन आईतबार बिहान ९ ः ३० बजे पुरुषको पिभिसी र मनिमुकुन्द भलिबल क्लब (एमभिसी) बिच पहिलो प्रतिस्पर्धा हुने छ ।

यस्तै दोश्रो खेल पुरुषकै हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी) र बुद्धटोल युवा भलिबल क्लब (बिवाईसी) विच हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...