महानगरकप भलिबलः चौतारा क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । चौतारा नगरपालिका जारी महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भक्तपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै चौतारा समूह ुएु बाट क्वाटरफाइनलमा पुगेको हो ।

चौताराले भक्तपुरलाई २५–१४, २५–२१ र २५–२१ को सेटमा पराजित गर्यो । जितसँगै चौताराले २ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो ।

यस समूहबाट ४ अंक जोडेको ललितपुर पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुई खेलमा पराजित भक्तपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पुरुषतर्फ नै महालक्ष्मी नगरपालिका र पनौती नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह सी बाट महालक्ष्मी समूह विजेता र पनौती उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । यस समूहबाट टोखा भने बाहिरिएको छ ।

पुरुषकै समूह ुडीु मा कमलामाई नगरपालिकाले लगातार दोस्रो जित निकालेको छ । सोमबार कमलामाईले गोदावरीलाई २५–१३, २५–१८ र २५–१८ को सेटमा पराजित गर्यो । यस्तै गोकर्णेश्वरले धुलिखेललाई २५–२३, २५–१४ र २५–१९ को सेटमा हराएको छ ।

चार टिम रहेको यस समूहमा कमलामाईको ६ अंक रहेको छ । गोदावरी र गोकर्णेश्वरको ३–३ अंक रहदा धुलिखेल अंक विहीन रहेको छ ।

महिलातर्फ चन्द्रागिरीले बनेपालाई २५–७, २५–९ र २५–५ को सेटमा हरायो । जितसंगै समूह ुएु को चन्द्रागिरीले ३ अंक जोडेको छ । यस समूहमा ललितपुरको पनि ३ अंक रहेको छ । बनेपाले अंक जोड्न सकेको छैन ।

महिलातर्फ नै गोकर्णेश्वरले हेटौडालाई २५–१६, २५–११ र २५–२२ ले हराएर दोस्रो जित निकालेको छ । यस्तै विदुरले टोखालाई २५–२२, २५–५, २३–२५ र २५–९ ले हराएको छ ।

यस समूह बी मा गोकर्णेश्वरको ६ अंक रहेको छ । हेटौडा र विदुरको ३–३ अंक रहदा टोखा भने अंकविहीन छ ।
ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५–१५ हजार पाउने छन् ।

यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५–५ हजार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...