दिदीबहिनी कप महिला भलिबल भोलीदेखि हुदै

नेपाल भलिबल संघका उपाध्यक्ष यमवहादुर गुरुङको उपस्थितिमा प्रथम रेडियो दिदि बहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगीताको टेक्निकल मिटिङ सम्पन्न भएको छ ।

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा नेपालका चर्चित ५ टिम र आयोजकको स्थानिय टिमको सहभागिता रहेको छ ।

दुइ समूहमा बिभाजन गरिएको प्रतियोगितामा समूह “क” मा एपीएफ,पुलिस र आयोजक रेडियो दिदि बहिनीको टिम रहेको छ भने समूह “ख” मा न्युडायमण्ड,पश्चिमाञ्चल र नेपाल आर्मीको टिम रहेका छन् ।

टेक्निकल मिटिङमा नेपाल भलिबल संघका कोषाध्यक्ष सुनकेशरी माली,राष्ट्रिय रेफ्रि बिकास गुरुङ सहभागि टिमका प्रशिक्षक,ब्यवस्थापक,कप्तान र खेलाडिहरुको उपस्थिति रहेको थियो ।

टेक्निकल मिटिङमा आयोजक पश्चिमाञ्चल महोत्सवकी अध्यक्ष समेत रहेकी सांसद कल्पना चापागाई,प्रतियोगिता संयोजक अरुण श्रेष्ठलगायत आयोजकहरुको उपस्थिति रहेको थियो


प्रतिक्रिया दिनुहोस

Loading...