
काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण जित्न नसकेको नेपाली महिला भलिबल टोलीले मंगलबार इतिहास रच्ने एउटा सुनौलो अवसरबाट चुकेको छ ।
फाइनल भिडन्तमा भारतसँग ३–२ को रोमाञ्चक सेटमा पराजित भएपछि नेपालको ऐतिहासिक स्वर्ण जित्ने सपना फेरि तुहिएको हो । पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–२४ र २५–२१ को जित निकाल्न सफल भएको थियो ।
चौथो सेट २५–२० ले भारतले आफ्नो पोल्टामा पार्यो भने निर्णायक पाँचौं सेटमा नेपाल १५–६ ले पराजित हुन पुगेको थियो । यो हारसँगै नेपालको महिला भलिबलमा स्वर्ण जित्ने अवसर गुमे तापनि सागमा रजत पदक नेपाली टोलीले महिला भलिबलमा जितेको अहिलेसम्म कै सबैभन्दा ठूलो पदक हो ।
यसअघि नेपालले महिला भलिबलमा सागमा तीन काँस्य पदक जितेको थियो ।