साग पुरुष भलिबल : भारत र पाकिस्तान उपाधिका लागि भिड्ने

काठमाडौं (खेलदैनिक) । दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५ र २५–२१ को सेटमा पराजित गर्यो ।

त्यस्तै अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई २५–१५, २५–२१ र २६–२४ को सोझो सेटमा हरायो । महिलामा नेपाल र भारतले शनिबारै उपाधि भिडन्त पक्का गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...