१३औं साग : पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिर

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद अघि पदकको आश गरिएको पुरुष भलिबलतर्फ आयोजक नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

समूह ए तर्फ त्रिपुरेश्वर स्थित कभर्डहलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग ३–० को हार बेहोर्यो । खेलमा कुनै पनि समय भारतलाई चुनौति दिन नसकेको नेपालले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१३ र अन्तिम सेट २५–१६ ले गुमाउन पुगेको थियो ।

स्मरण रहोस, यसअघि नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३–२ को सेटमा हार बेहोरेको थियो । शुक्रबारको यो नतिजासँगै समूह ए बाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...