साग : महिला भलिबलतर्फ दोस्रो खेलमा नेपाल निरीह

काठमाडौं (खेलदैनिक) । बुधबारदेखि शुरु भएको दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलतर्फ नेपाली टोलीले बिहीबार आफ्नो दोस्रो खेलमा हार बेहोरेको छ ।

पहिलो हार बेहोर्ने क्रममा नेपालले बिहीबार स्वर्णको दावेदार मानिएको भारतसँग ३–० को एकतर्फी सेटमा पराजित हुन पुग्यो । भर्खरै मात्र सेन्ट्रल जोन भलिबलको उपाधि जितेको नेपाली टोलीले सोही प्रदर्शनलाई बिहीबार दोहोर्याउन सकेन ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पहिलो खेलमा भारतले नेपाललाई २६–२४, २५–१२ र २५–१६ को सोझो सेटमा हराउँदै नतिजा आm्नो पक्षमा पार्न सफल भयो ।

स्मरण रहोस, समूह ए तर्फ नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । बिहीबारको नतिजापछि नेपाल र भारतको समान ३–३ अंक छ भने बंगलादेश अंकविहीन छ । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई हराउन सके नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...