साग भलिबल : पुरुषतर्फ नेपाल पहिलो खेलमै पराजित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलमा आयोजक नेपालले पहिलो खेलमै हार बेहोरेको छ । बुधबार भएको समूह ए तर्फको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग ३–२ को सेटमा हार बेहोर्यो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो सेट २५–२१ ले जितेको थियो । तर दोस्रो सेट भने २५–२३ ले गुमाउन पुग्यो । तेस्रो सेटमा हावी भएको नेपालले २५–१९ को जित निकाल्यो तर निकै प्रतिस्पर्धात्मक चौथो सेट भने २४–२६ ले हार्न पुगेको थियो ।

अन्तिम सेटमा बंगलादेशले १५–१२ ले नतिजा आफ्नो पक्षमा पार्दै जित पक्का गर्यो । समूह ए तर्फ नेपालले आफ्नो अन्तिम खेल शुक्रबार भारतसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...