१३औं साग : भलिबलमा नेपालको विजयी सुरुआत

काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले बुधबार विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सोझो सेटमा पराजित गर्यो । समूह ‘बी’ मा माल्दिभ्स र पाकिस्तानबीच हुने पर्ने महिलाकै अर्को लिगमा पाकिस्तान नआएपछि माल्दिभ्सले वाक ओभर पाएको छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले रेफ्री संयोजक गौतम लासिवालाई बल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए । सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल मंसिर ११ गतेदेखि नै सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...