जिल्ला स्तरीय भलिबल हुँदै

मकवानपुर (खेलदैनिक) । हटिया स्पोट्र्स एकेडेमीको आयोजनामा हरेक वर्ष हुने केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको पाँचौं संस्करण आउँदो असोज १ गतेदेखि सुरु हुने भएको छ ।

असोज ४ गतेसम्म हटियामा सञ्चालन हुने जिल्ला स्तरीय भलिबल प्रतियोगितामा १४ टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ ।

आयोजकले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक हटिया स्पोट्र्स एकेडेमीले प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले नगद ४० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...