किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबलको उपाधि, नेपाललाई पाँचौं स्थान (फोटो फिचर्स)

काठमाडौं (खेलदैनिक) । काठमाडौंमा सम्पन्न एसियाली स्तरको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ । शनिबार लगनखेलस्थित सेनाको कभर्ड हलमा भएको उपाधि भिडन्तमा किर्गिस्तानले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हरायो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो सेट किर्गिस्तानले २६–२४ ले जितेको थियो । त्यस्तै दोस्रो सेट भने २७–२५ ले जित्न सफल भयो भने तेस्रो सेट २६–१९ ले जित्दै उपाधि माथि कब्जा जमाउन सफल भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी किर्गिस्तान कै कनीबेक उलु ओनोलबेक घोषित भए । प्रतियोगितामा तुर्कमिनिस्तानले तेस्रो स्थान हासिल गर्यो भने माल्दिभ्सले चौथो स्थान हात पार्यो । त्यस्तै आयोजक नेपालले भने पाँचौं स्थानमा चित्त बुझायो ।

त्यसैगरी शुक्रबार बसेको एभिसीको साधारण सभाले सेन्ट्रल जोनको छैटौं संस्करणको प्रतियोगिता आगामी बर्ष बंगलादेशमा आयोजना गर्नेे निर्णय गरिसकेको छ ।

यहि भदौ २ गते देखि सञ्चालित प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान, बंगलादेश र तुर्कमेनिस्तान गरी कुल सात देशको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...