किर्गिस्तान र उज्वेकिस्तान उपाधिका लागि भिड्ने पक्का

काठमाडौं (खेलदैनिक) । यहाँ जारी एसियाली स्तरको एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगिताको फाइनलमा किर्गिस्तान र उज्वेकिस्तान भिड्ने भएका छन् ।

बिहीबार भएको दुई सेमिफाइनल भिडन्ततर्फ किर्गिस्तानले पहिलो सेमिफाइनलमा तुर्कमेनिस्तानलाई ३–० को सेटमा हरायो भने उज्वेकिस्तानले पनि समान ३–० को सेटमा माल्दिभ्सलाई निराश तुल्यायो ।

पहिलो सेमिफाइनलतर्फ किर्गिस्तानले तुर्कमेनिस्तानलाई २५–१७, २५–१८ र २५–२२ को सेटमा हरायो । त्यस्तै दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सको चुनौति २५–२०, २५–१९ र २५–२१ को सेटमा पन्छायो ।

फाइनल खेलमा उपाधिका लागि किर्गिस्तान र उज्वेकिस्तान शनिबार आमने सामने हुने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...