लगातार दोस्रो हारसँगै नेपालको चुनौति समाप्त

काठमाडौं (खेलदैनिक) । एसियाली स्तरको एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपतर्फ आयोजक नेपाल लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ए तर्फ आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बुधबार माल्दिभ्ससँग २५–२२, २५–२१ र २५–१४ को सेटमा पराजित भयो ।

सेमिफाइनलमा प्रवेश गर्न आजको खेल नेपाललाई जित्नै पर्ने दबाब थियो । तर घरेलु टोली निर्णायक खेलमा पनि चुक्यो । यो नतिजासँगै समूह ए बाट किर्गिस्तान र माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै समूह बी तर्फ बुधबार नै भएको अर्को खेलमा उज्बेकिस्तानले अफगानिस्तानमाथि २५–२३, २९–२७ र २९–२७ को सेटमा जित निकाल्यो । यो जितसँगै उज्बेकिस्तान पनि समूह बी बाट सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...