सेन्ट्रल जोन भलिबल : नेपालको खराब शुरुवात

काठमाडौं (खेलदैनिक) । सोमबारदेखि शुरु एसियाली स्तरको एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आयोजक नेपालले पहिलो खेलमै हार बेहोरेको छ ।

प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलम बलियो किर्गिस्तानसँग २५–२३, २५–२२ र समान २५–२२ को सेटमा पराजित हुन पुग्यो । यो जितसँगै किर्गिस्तान समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

उता हारका बावजुद नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायम छ । नेपालले समूह चरणको अन्तिम खेल माल्दिभ्ससँग बुधबार खेल्नेछ । त्यो खेलमा नेपालले जित हात पारे, नेपालको सेमिफाइनल प्रवेशको सम्भावना निश्चित बन्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...