प्रधानमन्त्री कप महिला भलिबल : एपिएफ र रेल्वे फाइनलमा

फागुन १७ / सशस्त्र प्रहरीको एपिएफ र रेल्वे टिम इण्डिया नेपालगञ्ज रङ्गशालामा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

नेपालगञ्ज रंगशालाको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा नेपालको विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै साविक विजेता भारतको रेल्वे टिम फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागीय टोली एपिएफ फाइनलमा प्रवेश गरेको हो । रेल्वेले आमीलाई २५–१६, २५–२३ र २५–१४ को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । दोस्रो खेलमा एपिएफले नेपाल पुलिसलाई २५–१३,२५–७ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।

बाँके जिल्ला भबिलबल सङ्घको आयोजनामा लिगकम नकआउटको आधारमा जारीे प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार, तेस्रोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत फाईनल र तेस्रो स्थानका लागि बुधबार प्रतिष्पर्धा हुने भएको छ । बाँके जिल्ला भलिबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करणमा भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...