अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमको साथ

काठमाडौं (खेलदैनिक) । नेपालमा आयोजना हुने एशियन सन्ट्रालजोन सिनियर पुरुष भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमले २० लाखको प्रायोजन गरेको छ । शनिवार नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल सेटलाइट टेलिकमका अध्यक्ष अस्मिता सुमार्गीले सम्झौंता पत्र आदन–प्रदान गरे ।

सम्झौता पश्चात अध्यक्ष शर्माले नेपाल सेटलाइट टेलिकमप्रति आभार ब्यक्त गदै सेन्ट्रल जोन भलिबल राष्ट्रको गौरब भएकाले सवैले भब्यताका साथ सफल बनाउन सहयोग र साथ दिन अनुरोध गरे । उता नेपाल सेटलाइट टेलिकमकी अध्यक्ष सुमार्गीले भनिन्– “हामी नेपालीको गौरबको कुरा हो,सवैले सहयोग र साथ दिनु पर्छ । मैले आफुलाई भलिबल परिवारको सदस्य भन्न रुचाउछु । राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउदा हाम्रो संस्था गौरम्बित भएको छ । आगमी दिनहरुमा पनि सहयोग रहि रहने छ ।”

लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा यहि आउँदो साउन ३२ देखी भाद्र ८ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा नेपाल सहित बंगलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गीस्तान, तुर्कमिनिस्तान, उजवेकिस्तान गरि कुल ७ देशको सहभागिता निश्चित भएको पत्रकार सम्मेलनमा संघका महासचिव जितेन्द्र वहादुर चन्दले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस

Loading...