प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबलः पुलिस र एपीएफ सेमिफाईनलमा

नेपालगन्ज, फागुन १६ प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा विभागीय टोलीहरु नेपाल पुलिस क्लब र सशस्त्रको नेपाल एपीएफ क्लब विजयी भएको छ । यी दुई टीम सेमिफाईनलमा भिड्नेछन् ।

पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई हराए पछि सेमिफाईनलको प्रतिद्धन्द्धी एपीएफ पाएको छ । नेपालगंजको कर्भडहलमा सोमवार भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई तथा एपीएफले नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा हराए । लिग चरणको पहिलो खेलमा साबिक बिजेता रेल्वेसँग ३–० को हार ब्यहोरेको पुलिसले दोश्रो खेलमा आयोजकमाथी सहज जित निकाल्यो । पुलिसले किशोरी खेलाडिहरुले भरिएको मध्यमश्चिमाञ्चललाई २५–११,२५–८ र २५–१८ को सेटमा हरायो ।

अर्को खेलमा एपीएफले नेपाल आर्मीलाई तीनै सेटमा दोहोरो अंक छुन दिएन् । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको एपीएफले २५–५ मै आर्मीलाई रोक्यो । दोश्रो र तेश्रो सेटमा पनि हाबी भएको एपीएफले आर्मीमाथी २५–८ र २५–९ को सेटमा जित निकाल्यो ।

लिग चरणका दुवै खेल जितेको एपीएफ समूह “ख” को बिजेता बन्दा एक खेल जितेको आर्मी समूह “ख”को उपबिजेताको रुपमा सेमिफाईनलमा प्रवेश पायो । साबिक बिजेता भारतको रेल्वे समूह “क”बाट अपराजित रहदै बिजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्दा एक खेल जितेको पुलिसले उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो ।

भारतीय दोश्रो टिम बर्षात एशोसियसन र आयोजक मध्यपश्चिमाञ्चलले दुवै खेलमा पराजय ब्यहोरे पछि लिग चरणबाटै बाहिरिएका छन् । बाके जिल्ला भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगितामा मंगलवार पहिलो सेमिफाईनल खेल समूह “क” को बिजेता रेल्वे र समूह “ख” को उपबिजेता आर्मी बीच हुनेछ । दोश्रो सेमिफाईनल खेल समूह “ख”को बिजेता एपीएफ र समूह “क” को उपबिजता पुलिस बीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...