चौथो प्रधानमन्त्री कप महिला भलिबल: आर्मी र एपीएफ सेमिफाइनलमा

फाल्गुन १५ / साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

प्रतियोगिताको दोस्रो दिन भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा २५–८, २५–३, २५– ७ ले हरायो । यसैगरी आइतबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतीय टोली बर्षात एशोसियसनलाई सोझो सेटमा २५–१७, २५–१९, २५– १७ ले हरायो । बर्षातले लगातार दुइ खेलमा हारको सामना गरेपछि एक–एक खेल जितेका आर्मी र एपीएफ समूूह बीबाट सेमिफाइनलमा प्रबेश गरेका छन् । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको आर्मीले समूह बिजेता बन्न एपीएफसग लिगको अन्तिम खेल खेल्ने छ ।

लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिनेछ।


प्रतिक्रिया दिनुहोस

Loading...