रेश्मालाई पिपुल्स च्वाइस अवार्ड

काठमाडौं (खेलदैनिक) । मंगलबार भलिबलकी रेश्मा भण्डारीले पल्सर पिपुल्स च्वाइस अवार्ड २०७५ जितेकी छिन् । अवार्डसँगै रेश्माले पल्सर मोटरसाइकल र अन्य विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरेकी छिन् ।

रेश्माले यो अवार्ड जित्ने क्रममा फुटबलकी साबित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बडी बिल्डिङका महेश्वर महर्जन र क्रिकेटका सन्दिप लामिछानेलाई पछि पारीन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको यो अवार्ड कार्यक्रममा यसपटक एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायाले लाईफटाईम अचिभमेन्ट अवार्ड हात पारेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...