बिच भलिबल : कोपिला र निताको जोडि उपाधि नजिक

पोखरा (खेलदैनिक) । कोपिला उप्रेती र निता शाहको जोडि छैटौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको महिलातर्फ उपाधि नजिक पुगेका छन् । सेमिफाईनल खेलमा पुलिसका कोपिला र निताको जोडीले आर्मीका मनिसा खाँड र पुष्पाको जोडिलाई २१–११ र २१–८ को सोझो सेटमा हराए ।

दोश्रो सेमिफाईनल खेल भने पुलिसका मनिसा चौधरी र पुष्पा चौधरीको जोडिर एपीएफका बिनिता बुढाथोकी र नेबिका चौधरीबीच १–१ सेट भए पछि लाई प्रोटेस्टका कारण स्थगित भएको छ ।

क्वाटरफाईनलमा मनिसा र पुष्पाले एपीएफकी शशि चौधरी र पुजा चौधरीको जोडिलाई २१–१३ र २१–१२ तथा बिनिता र नेबिकाको जोडिले प्रदेश ५ का भावना डाँगी र शर्मिला नेपालीको जोडिलाई २१–१४ र २१–६ को सोझो सेटमा हराएर सेमिफाईनल प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...