नेपाल ‘निलो’द्वारा नेपाल ‘रातो’ पराजित

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघले ओेलम्पिक डेलाई नेपालको राष्ट्रिय निलो र रातो बीच प्रतिस्पर्धा गराएर मनायो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट प्रमुख अतिथि रहेको कार्यक्रमको उद्घाटनको अवसरमा नेपालको राष्ट्रिय गित र ओलम्पिक धुनमा खेलाडी तथा पदाधिकारीले सम्मान गरेका थिए ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका इमवहादुर रानाको रातो टिमलाई कुलवहादुर थापा कप्तान रहेका निलो टिमले २–१ को सेटमा हराउँदै मैत्रीपुर्ण खेल जित्यो । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद बिकास केन्द्रको कभर्डहलमा नेपाल निलो टिमले नेपाल रातोेलाई २५–२३ ले रोक्दै पहिलोे सेट अग्रता लिएको थियो ।

त्यस्तै दोश्रो सेट भने नेपाल रातोले नेपालनिलोलाई २५–२१ पछि पादै खेल १–१ को बराबरीमा ल्याएको थियो । बेस्ट अफ थ्री का आधारमा खेलाईएको निर्णायक सेटमा भने नेपाल निलोेले नेपाल रातोलाई १५–१३ को सेटमा रोक्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...