ऐतिहासिक प्रतियोगिताका लागि ऐतिहासिक सम्झौता

काठमाडौं (खेलदैनिक) । नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेशन (एभीसी) एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ । शुक्रवार नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठबीच प्रायोजन सम्वन्धी सम्झौता पत्र आदन–प्रदान भएको छ ।

नेपालमा हुने ऐतिहासिक प्रतियोगिताका लागि महासंघले ऐतिहासिक ४० लाखको प्रायोजन गरेको छ । पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष श्रेष्ठले संघका अध्यक्ष शर्मालाई डमी चेक हस्तान्तरण गरे । सम्झौता पश्चात श्रेष्ठले कुनै पनि खेल मनोरञ्जनका लागि मात्र नभएर ब्यवसायिक हुनुु पर्नेे धारणा ब्यक्त गर्दैै भने– “भलिबल देशको हरेका भूभागमा खेलिने राष्ट्रिय खेल भएकाले यसको बिकास बिस्तार र प्रवद्र्धनमा महासंघ सदैब हातेमलो गर्न तयार छ ।”

नेपाल भलिबल संघका अध्यक्ष शर्माले सेन्टर जोन भलिबल प्रतियोगिता नेपालकै प्रतिस्ठाको बिषय भएकाले यसको भब्य सफलताका महासंघले पुर्याएको सहयोग अतुलनिय रहेकको धारणा ब्यत्त गरे ।

सोहि अवसरमा नेपाल भलिबल संघकी सदस्य समेत रहेकी अनल ज्योती विद्यालयकी संस्थापक निर्देशक ज्योती केसी प्रतियोगिताको सहयोगका लागि भलिबल संधका अध्यक्ष शर्मालाई १ लाख रुपैयाँ हस्तान्तरण गरेकी थिईन् । भलिबल संघका सचिव समेत रहेका ढोरपाटन भलिबल क्लबका अध्यक्ष मनबीर छन्त्यालले पनि १ लाख रुपैयाँ दिने घोषणा गरेको थिए ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले प्रतियोगिताका लागि अनुमानित २ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने बताए । साउन ३२ देखि भदौ ८ सम्म चल्ने प्रतियोगितामा नेपाल ,बगंलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्क्मिनिस्तान, उज्वेकिस्तान गरि ७ देशले प्रतिस्पर्धा गर्ने निश्चित छन् ।लिगकम नककाउटका आधारमा संचालन हुने प्रतियोगिताका सहभागी टोलीलाई २ समुहमा विभाजन गरिने छ ।

प्रतियोगिता स्थल पहिलो रोजाई राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहल भए पनि बिकल्पको रुपमा लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुने महासचिव चन्दले बताए । पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका उपाध्यक्षद्धय रन्जन खड्का,निरोज मास्के,कोषध्यक्ष सुनकेशरी मालीलगायतको उपस्थिति रहेकोे थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...