आर्मी र गण्डकी प्रदेश उपाधिका लागि भिड्ने

काठमाडौं (खेलदैनिक) । चौथो प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा साबिक बिजेता नेपाल आर्मी र गण्डकी प्रदेशबीच उपाधि भिड्न्त पक्का भएको छ । लगनखेलस्थित घरेलु कोर्टमा आर्मीले उत्कृष्ट पुनरागमन गदै ३–१ को सेटमा चिरप्रतिद्धन्दी नेपाल पुलिसलाई स्तब्ध बनायो ।

पहिलो सेट १९–२५ ले गुमाएका आर्मी दोश्रो सेटमा पनि १९–२१ पछि परेको अवस्थालाई सुधार गदै २८–२६ ले आफ्नो नाममा लेखायो । नेपाल आर्मीले तेश्रो सेटमा १६–२१ ले पछि परेको परिस्थतिबाट उत्कृष्ट पुनरागमन गदै २६–२४ ले सेट जित्न सफल भयो । चौथो सेटमा उच्च मनोबलका साथ कोर्टमा उत्रिएको आर्मीले पुलिसमाथी २५–१७ को सहज जित निकाल्दै फाईनलमा स्थान बनायो ।

बिभागिय टिमको बर्चश्वलाई तोड्दै गण्डकी प्रदेशले एपीएफलाई ३–१ को सेटमा हराउदै फाईनल यात्रा पक्का गर्यो । गण्डकी प्रदेशले एपीएफलाई २५–२३,२१–२५,२५–२३ र २९–२७ को सेटमा हराउदै आर्मीसँग फाईनल भिड्न्त पक्का गरेको हो ।

सोमवार हुने फाईनल खेलको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७५ हजार हात पार्ने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...