न्युटन र एन्जल्र्स हर्ट प्रि–क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । न्युटन हाइ स्कुल र एन्जल्स हर्ट कलेज प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय–कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको प्रि–क्वाटरफाइनमा प्रवेश गरेका छन् ।

न्युटन समूह ‘के’ बाट तथा एन्जल्र्स समूह ‘आई’ बाट समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । समूह ‘के’ बाट नवोदित कलेज र ‘आई’ सेक्रेटहर्टले उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो । एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टर मनमैजुको कोर्टमा बिहीबार भएको खेलमा न्युटनले नवोदित कलेजमाथि २–१ को जित निकाल्दै समूह विजेता बन्यो ।

पहिलो खेलमा मानसुलुलाई हराएको न्युटनले नवोदितविरुद्ध पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट ११–२५ ले गुमाएपनि निर्णायक सेटमा २५–१८ को जित निकाल्यो । न्युटनसँग पराजित भएको नवोदितले मानसुलुपब्लिक स्कुललाई २५–१८ र २५–२० को जित निकाल्यो ।

यस्तै समूह ‘आई’ मा एन्जल्र्स हर्टले सेक्रेट हर्टलाई २–१ को सेटमा पराजत गर्दै समूह विजेता बन्यो । प्रतिस्पर्धात्मक खेलमा एन्जल्र्सले पहिलो सेट २५–२१ ले जितेको थियो । दोस्रो सेट २२–२५ ले गुमाएपनि तेस्रो सेट एन्जल्र्सले २५–२२ ले जित्यो । एन्जल्र्ससँग पराजित सेक्रेट हर्टले रेन्बो इन्टरनेशनल कलेजलाई २५–२२ र २५–१९ ले पराजित गर्दै समूह उपविजेता बन्दै अन्तिम १६ को यात्रा तय गर्न सफल भयो ।

समूह ‘बी’ मा विद्यामन्दिरले जन प्रभातलाई २५–२१ र २७–२५ ले हरायो । समूह ‘ई’ मा सिद्धार्थ एकेडेमीले हिम रश्मीलाई २५–१६ र २५–१९ ले हरायो । समूह ‘डी’ मा लक्ष्मी मावि र जानकी माविले २५–२०, १६–२५ र २३–२५ ले हरायो । समूह ‘जे’ मा स्प्रिङडेल हाइ स्कुलले युनाइटेड गोर्खा कलेजलाई २५–१० र २५–१४ ले पराजित गर्दा समूह ‘सी’ मा ग्ल्यासियर कलेजले अरुणी हाइ स्कुललाई २५–१८ र २५–२० ले पराजित गरेको छ ।

२१ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट ५३ विद्यालयहरुको सहभागिता रहेको छ । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...