एन्जल्र्सको दुवै टोलीको बिजयी शुरुवात

काठमाडौं (खेलदैनिक) । एन्जल्स हर्ट कलेजको दुवै टोलीले राजधानीमा बुधबारबाट शुरु भएको प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सफलता हात पारेका छन् ।

एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको कोर्टमा बुधबार भएको समूह ‘डी’ मा एन्जल्र्स हर्टले रेन्वो इन्टरनेशनल कलेजलाई २५–२३ र २५–२० को सोझो सेटमा पराजित गरेको हो । समूह ‘जी’ मा रहेको एन्जल्र्स हर्ट कलेजले मुकुलादेवी माध्यमिक विद्यालयलाई २५–८ र २५–१६ ले सहजै पाखा लगाएपछ एन्जलको दुवै टोलीले प्रतियोगितामा सफलता हात पारेको हो ।

बुधबारै भएको समूह ‘के’ को खेलमा न्युटन हाइ स्कुलले मनासुलु पब्लिक स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । एकपक्षीय खेलमा न्युटनले मानसुलुमाथि २५–४ र २५–११ को सहज जित निकाल्यो ।

समूह ‘एच’ मा पोखराको स्पाइरल ग्यालेक्सीले बुटवलको मणि मुकुन्द माविलाई २५–२० र २५–२१ ले पाखा लगायो । समूह ‘सी’ मा आरुणी हाइ स्कुलले मानसिंह धर्मा माविलाई २५–११ र २५–९ ले पराजित गर्यो । समूह ‘पी’ मा गीतान्जली कलेजले कल्याणी माविलाई २५–१५ र २५–२२ ले हरायो । समूह ‘ईं’ मा हिमश्मीले त्रि साहिद माविलाई २५–१८ र २५–१८ को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

२१ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट ५३ विद्यालयहरुको सहभागिता रहेको छ । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

प्रतियोगितामा ९ कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीले तथा गतवर्ष १२ कक्षा पास भएका खेलाडीहरुले खेल्न पाउने प्रावधान राखिएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ । एन्जल स्पोर्टस् एकेडेमीको मैदान र ढोरपाटन क्लबको मैदान नयाँ बसपार्कमा आयोजना हुने आयोजकले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...