एनभिए राष्ट्रिय भलिबललाई वाणिज्ण् बैंकको साथ निरन्तर

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघले आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताका लागि मुख्य प्रायोजन गदै आएको राष्ट्रिय वाणिज्य बैंकले थप दुई बर्षका लागिसम्झौता नवीकरण गरेको छ । त्यो सम्झौता वापत वाणिज्य बैंकले आयोजकलाई २४ लाख उपलब्ध गराउनेछ ।

बुधबार एक कार्यक्रमका बीच नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठबीच सम्झौतापत्र आदान–प्रदान समेत भयो ।

सम्झौतामा उल्लेख भएनूसार २०७६ सालमा हुने पाँचौ आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताका लागि मुख्य प्रायोजनको जिम्मेवारी लिएको राष्ट्रिय वाणिज्य बैंकले १२ लाख तथा २०७७ सालमा हुन छैठौं सस्करणका लागि १२ लाख उपलब्ध गराउने छ । यस भन्दा अघि तेश्रो र चौथौ संस्करणका लागि बैंकले २० लाख उपलब्ध गराएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...