डिफेन्डिङ च्याम्पियन न्यडायमण्डद्वारा उपाधि रक्षा

काठमाडौं (खेलदैनिक) ।न्यु डायमन्ड एकेडेमीले दोस्रो चन्द्रागिरी उपमेयर कप बिद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि शनिवार जितेको छ । आफ्नै कोर्टमा न्युडायमण्डले पारामाउन्ट स्कुलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

डायमन्डले पहिलो र दोश्रो सेट २५–११,२५–१९ र २५–२१ को सोझो सेटमा हराउदै च्याम्पियन भएको हो । तेश्रो सेटमा ८–१५ को अवस्थाले पछि परेको न्युडायमण्ड रिया कुवारको उत्कृष्ट स्पाईकबाट लगातार १३ अंक जोड्दै २१–१५ को अवस्थामा खेललाई फर्काएको थियो ।

उपाधि बिजेता न्यू डायमन्डले ६० हजार र उपबिजेता प्यारामाउण्टले ३० हजार नगद प्राप्त गरे । तेश्रो स्थानका लागि भएको खेलमा थ्री स्टार एकेडेमीले विजेश्वरी ज्ञान मन्दिरलाई २५–१९, २५–१९ र २५–१७ को सोझो सेटमा हरायो ।

थ्री स्टारले नगद १५ हजार प्राप्त गर्दा बिजेश्वरीले १० हजार हात पार्यो । मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिले भलिबल दिवसको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र बिस्तारका लागि बिद्यालय स्तरिय खुल्ला छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको उत्कृष्ट बिद्यामा उपाधि बिजेता टिम न्यु डायमण्डको बर्चश्व रह्यो । सर्वोकृष्ट खेलाडीको उपाधि न्यु डायमण्डकी रिया कुवँरले हात पारिन ।

बेष्ट स्पाईकरमा न्युडायमण्डकी प्रेक्षा राई,सेटरमा न्युडायमण्डकी अनिषा सुनुवार,डिफेन्समा न्युडायमण्डकी एन्जिला प्रधान र ब्लकरमा न्यु्डायमण्डकी सोनी थपलिया र उत्कृष्ट सर्वेरको उपाधि पारामाउण्टकी अनिशा श्रेष्ठले जितिन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १ – १ हजार प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...