उपमेयर कप छात्रा भलिबल : न्यडायमण्ड उपाधि नजिक

(तस्विर : गुगल)

काठमाडौं (खेलदैनिक) । न्यू डायमण्ड एकेडेमी ’ए’ दोस्रो चन्द्रागिरी उपमेयर कप बिद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा शुक्रवार भएको सेमिफाईनल खेलमा न्युडायमण्डले बिजेश्वरी ज्ञानमन्दिरमाथी २५–३,२५–१० र २५–५ को सोझो सेटमा जित निकाल्दै उपाधि नजिक पुगेको हो । प्यारामाउण्ट र थ्री स्टारको बीचको दोश्रो सेमिफाईनल खेल भने २–१ को अवस्थामा लाईट प्रटेष्ट लागेर स्थगित भएको थियो ।

पहिलो र दोश्रो सेट प्यारामाउण्टले २५–१९ र २५–१४ ले जितेको थियो भने तेश्रो सेटमा खेलमा फर्कदै थ्री स्टारले प्यारामाउण्टलाई २५–२० ले रोकेको थियो । शनिवारनै हुने फाईनल खेलका लागि न्यु डायमण्डको प्रतिद्धन्दीले सेमिफाईनल र फाईनलको खेल खेल्नु पर्ने छ भने पराजित टिमले पनि बिजेश्वरीसँग तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा संचानल भएको प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १ – १ हजार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...