थ्रीस्टार र न्य डायमण्ड सेमिफाइनलमा

(तस्विर : गुगल)

काठमाडौं (खेलदैनिक) । थ्री स्टार एकेडेमी र न्यू डायमण्ड एकेडेमी ’ए’ र दोस्रो चन्द्रागिरी उपमेयर कप बिद्यालय छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिवार नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा भएको क्वाटरफाईनल खेलमा थ्रीस्टारले परोपकार बीलाई २५–१७,२०–२५ र २५–१६ को सेटमा हरायो ।

दोश्रो क्वाटरफाईनल खेलमा न्युडायमण्ड एले वाकओभर पाए पछि अन्तिम चारमा स्थान बनायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा संचानल भएको प्रतियोगिता अन्तर्गत लिग चरणको खेलमा सफलता हात पादै न्य्ुडायमण्ड बीले बिजेश्वरी ज्ञानमन्दिरसँग तथा पारामाउण्टले ज्ञानसुदासग क्वाटरफाईनलमा भेट पक्का गरेका छन् ।

आफ्नो अन्तिम लिग खेलमा न्युडायमण्ड बीले परोपकार एलाई २५–१२ र २५–१५ को सोझो सेटमा हरायो । दोश्रो खेलमा पनि परोपकार ए पारामाउण्टसँग २५–९ र २५–८ को सोझो सेटमा पराजित भयो ।

प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १ – १ हजार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...