माउण्टओलिभ र भ्यालीपब्लिक उपाधि नजिक

काठमाडौं (खेलदैनिक) । माउण्ट ओलिभ र भ्याली पब्लिक स्कुल प्रथम माउण्ट ओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

सोमवार भएको पहिलो सेािफनईनल खेलमा आयोजक माउण्टओलिभ ए ले लुबु माबिलाई २७–२५,२५–११ र २५–२१ को सोझो सेटमा हराउदै फाईनलमा प्रवेश गरेको छ ।

ललितपुरको सानागाँउ स्थित आयोजक माउण्टओलिभको कार्टमा भएको दोश्रो सेमिफाईनल खेलमा लुभुको भ्यालिपब्लिक स्कुलले आयोजकको बीलाई २४–२६, २५–१३, २५–१२ र २५–१० को सेटमा हराउदै फाईनलमा आयोजक को ए टिम सँग भेट पक्का गर्यो । फाईनल खेल मंगलवार हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...