राष्ट्रिय पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा

ताप्लेजुङ (खेलदैनिक) । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनल समीकरण पुरा भएको छ । मंगलवार भएको क्वाटरफाईनल खेलमा जित हात पादै पुलिसले गण्डकी प्रदेश र आर्मीले एपीएफसँग सेमिफाईनल भिडन्त पक्का गरेका छन् ।

ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजितगर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो । पुलिसले प्रदेश ३ लाई २५–११, २४–२६, २५–१५ र २५–१४ को सेटमा पराजित गर्यो ।

अर्को क्वाटरफाइनलमा गण्डकीले टियु विश्वबिद्यालय टिमलाई ३–० को सोझो सेटमा हरायो । गण्डकीले विश्वबिद्यालय बिरुद्ध २५–१६, २५–११ र २५–१७ को सहज निकालेको थियो । तेश्रो क्वाटरफाईनल खेलमा आर्मीले प्रदेश २ लाई ३–० को सेटमा पराजित गर्यो ।

आर्मीले प्रदेश २ माथी २५–१४,२५–१५ र २५–८ सेटको सहज जित निकालेको थियो । अन्तिम क्वाटरफाइनलमा एपीएफले प्रदेश १ लाई ३–० कै सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । एपीएफले प्रदेश १ लाई २५–१५,२५–१४ र २५–२० को सेटमा पराजित गरेको थियो ।

जलजले युवा क्लबको आयोजनामाजारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । उपविजेताले १ लाख७६ हजार २५१ न्गद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...