मेयर कप राष्ट्रिय भलिबल : नमुनादिप र गण्डकी प्रदेश फाइनलमा

रामेछापमा भइरहेको भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

रामेछाप (खेलदैनिक) । गण्डकी प्रदेश र नमुना दिप युवा क्लब मन्थली मेयर कप रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको फाइनलमा प्रबेश गरेका छन् ।

फाइनल प्रबेश गर्ने क्रममा नमुनादिपले शान्तीदिप युवा क्लबलाई २५–१८,२१–२५,२६–२४,२५–१३ ले पराजित गर्यो । गत बर्षको उपविजेता शान्तीदिप विरुद्धको नमुनादिपलाई जित दिलाउने क्रममा कुल बहादुर थापाले प्रेरणादायी प्रदर्शन गरे । अर्को सेमिफाइनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर एकलाई २५–२१,२५–९,२५–२० ले हरायो ।

रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिता शनीबार सम्पन्न हुने छ । प्रतियोगितामा मन्थली नगरपालीका मुख्य प्रायोजक तथा मुख्य सह आयोजक रहेको छ । यसैगरी, रामेछाप नगरपालीका,ु सुनापती गाउँपालीका, खाँडाँदेवी गाउँपालीका,लिखु तामाकोसी गाउँपालीका, उमाकुण्ड गाउँपालीका, गोकुलगंगा गाउँपालीका र दोरम्बा गाउपालीका सहआयोजक रहेका छन् ।

कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको थियो । प्राय सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरु रहेका थिए ।

प्रतियोगिताका विजेताले ३ लाख, उपविजेताले दुइ लाख तथा तेश्रो हुनेले एक लाख रुपैया पुरस्कार पाउने छन् । गत सस्करणमा सुदुर पश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजेता बनेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...