नदिपुरमा पुरुष, महिला तथा भेट्रान्सतर्फ भलिबल प्रतियोगिता शुरु

पोखरा (खेलदैनिक) । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद”भन्ने नारा सहित लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा क्लबस्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको छ ।

शुक्रबार पुरुषतर्फको उद्घाटन खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदिपुरले डाँफे युव ाक्लब मेलाचीलाई २५–१६ को सेटमा हराएको छ । त्यसैगरी दोस्रो खेलमा हिमालय क्लब बाटुलेचौरले सेन्चुरी क्लब छोम्रोङलाई २५–२२, र २५–१८ को सेटमा हरायो ।

तेस्रो खेलमा स्याङ्जा क्लब उपस्थित नभएपछि अर्चलबोट क्लबले वाकओभर मार्फत दोस्रो चरणको लागी स्थान बनाउन सफल भयो । त्यसैगरी चौथो खेलमा बाग्लुङ क्लबले २५–२० र २५–२१ को सोझो सेटमा सिद्धि बक्स गण फुलबारीलाई पराजित गर्यो ।

प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सांसद बिन्दु कुमार थापाले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै थापाले जुनै सुकै खेलकुदले खेलाडी बिचको आपसी भाईचाराको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुर्याउने बताए ।

सामाजिक सेवाका लागी स्थापित लामा अमृत फाउण्डेशनले भलिबल प्रतियोगिताको आयोजना गरेर खेलकुद क्षेत्रको बिकासमा समेत महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै सांसद थापाले अन्य फाउण्डेशनले समेत अनुकरण गर्नुपर्ने बताए ।

खेलकुदले मानिसलाई अनुशासित बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउदै उनले हरेक ब्यक्तिलाई सदाबहार स्वस्थ्य रहन समेत मद्दत पुर्याउने बताए । साथै सांसद थापाले खेलकुदको लागी मात्र नभई लामा अमृत फाउण्डेशनले आयोजना गर्ने जुनसुकै कार्यक्रम तथा अभियानमा सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।

प्रतियोगितामापुरुषतर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ५० हजार र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ३० हजार प्राप्तगर्ने फाउण्डेशनकाअध्यक्ष अमृत गुरुङले बताए ।

उनकाअनुसारमहिलातर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु २२ हजार २ सय २२ र १५ हजार ५ सय ५५ हातपार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्तगर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...