प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिता सम्पन्न

काठमाडौं (खेलदैनिक) । यहि २४ अगस्त २०१८ का दिन नेवाः पुचः युएईले आफ्नो स्थापनाको १५ औं वर्षको उपलक्ष्यमा प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ । युएईमा रहेका १८ वटा भलिबल टिम सम्मिलित उक्त प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको आयोजक नेवाः पुचः युएई का महासचिब कुमार बलामीले जानकारी दिए ।

प्रतियोगिता नेपाल भलिबल क्लब, अबुधाबिले जितेको थियो भने बाग्लुङ्ग सेवा समाज टिम ए उपविजेता बनेको थियो । प्रतियोगितामा प्रथम हुने नेपाल भलिबल क्लबले ३५ सय दिराम नगदका साथमा पदक, प्रमाणपत्र तथा ट्रफी उचालेको थियो भने उपविजेता बनेको बाग्लुङ्ग सेवा समाज टिम ए ले २५ सय दिराम नगदका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार बाग्लुङ्ग सेवा समाजका बेलु थापाले जितेका थिए भने बेष्ट स्म्यासर नेपाल भलिबल क्लबका झोम थापा र बेष्ट डिफेन्डर नेपाल भलिबल क्लबकै महेन्द्र श्रेष्ठले प्राप्त गरेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व पुचःका अध्यक्ष श्री लक्ष्मण श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथ्यता नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ्ग रिन्जी शेर्पाले गरेका थिए । त्यस्तै अन्य अतिथिहरुमा नेपाली समाजका सचिव कृष्ण पौडेल, तमु समाजबाट अध्यक्ष उषा तमुु, काठमाण्डु ट्राभल्स एण्ड टुर्सका सुर्य गिरी, प्रवासी भुजेल समाजका सचिब सरिन भुजेल, किरात राई यायोक्खा शाखाका वरिष्ठ उपाध्यक्ष बुद्धि मेवाहाङ राई (ओबेक राई), नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएई शाखाका कोषाध्यक्ष अन्जली लोप्चन, हिमाल रेमिटका रमिल प्रधान लगायतका अतिथीहरु रहेका थिए ।

सो कार्यक्रममा पुचःका संरक्षक प्रमोद श्रेष्ठ, सल्लाहकार तथा एनआरएनए शारजाह क्षेत्रिय अध्यक्ष विरेन्द्र कुमार नकर्मी, मानार्थ सदस्य भिम नारायण श्रेष्ठ तथा मिसाः पुचः अबुधाबीका उपाध्यक्ष श्रीमती मीना श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा युएईका लागी नेपालको तर्फबाट खेलकुद प्रतिनिधी एभरेष्ट मार्शल आर्टसका टेक्निकल डाईरेक्टर एवं एसियन गुजेरियो कराँतेका महासचिब तथा यस पुचःका केन्द्रिय सदस्य तथा यस प्रतियोगिताका उप–संयोजक रबि शाहीको नेतृत्वमा मार्शल आर्टसका खेलाडीहरुले अग्रपङतीमा नेपाल र युएईको राष्ट्रीय झण्डा बोकेर १८ वटै टिमले प्रतिनिधित्व गर्दै मार्चपास गरेको थियो ।

भलिबल प्रतियोगिताको उदघाटन प्रमुख अतिथी पासाङ्ग रिन्जी शेर्पाले गरेका थिए । नेपाली चुल्हो, अबुधाबी को मुख्य प्रायोजन रहेको प्रतियोगिताको अन्य प्रायोजकहरु हिमाल रेमिट, युएई एक्स्चेन्ज, आइएमई ग्लोबल एक्स्चेन्ज, मेडिक्लिनिक, क्युटलूक ब्युटी पार्लर, आइएमई मनि ट्रान्स्फर, शुभयात्रा ट्राभल्स, नाङ्गलो रेस्टोरेन्ट, काठमाण्डु प्यालेस रेस्टोरेन्ट, टकाडो मेक्सिकन किचन, ट्रान्सफास्ट मनि एक्स्चेन्ज, रानी तथा बार्बिकन जुस, ट्राभहिल ट्राभल्स, कान्तिपुर ट्राभल टुरिज्म, वाटिका क्रिम, स्व.क्रिश्टिना भण्डारी कोष समिति रहेको थियो ।

त्यस्तै व्यक्तिगत रुपमा सहयोग गर्नेहरुमा बल बहादुर गुरुङ्ग, सोम प्रसाद श्रेष्ठ, बिनोद प्रधान,सन्तोष श्रेष्ठ, प्रविण श्रेष्ठ तथा कृष्ण कटुवाल र कल्पना कटुवाल रहेका छन् ।

आयोजकको जानकारी अनुसार प्रतियोगिताको खेल संयोजक हिरा लाल श्रेष्ठ रहेका थिए भने उपसंयोजकमा रवी शाही र राजेश प्रधान रहेका थिए । त्यसैगरी पुचः को अबुधाबी समितिबाट सुनिल मान श्रेष्ठ, राहुल श्रेष्ठ, राजेश श्रेष्ठ, मनोज कुमार सैंजुको तथा शारजाह समितिबाट मनोज प्रसाद श्रेष्ठ, प्रेम श्रेष्ठको विषेश भूमिका रहेको थियो ।

खेल सम्पन्न गर्न पुचः का कोषाध्यक्ष अर्जुन श्रेष्ठ, महिला प्रमुख श्रीमती कामना श्रेष्ठ, सदस्य अनिल जोशी, नविना शाक्य, गोपाल महर्जन, प्रमिला श्रेष्ठ, निश्मा श्रेष्ठ, निरु श्रेष्ठ, न्हुच्छे बहादुर सुवाल श्रेष्ठ, सुभाष श्रेष्ठ, नविन श्रेष्ठ, रिता शाही, सुधीर श्रेष्ठ तथा समीर श्रेष्ठको पनि विशेष सहयोग रहेको थियो ।

आयोजकका अनुसार सम्पुर्ण खेलाडीहरु, अफिसियलहरु, अतिथीहरु तथा स्वयंसेवकहरु गरी करिब ४०० जनालाई नेपाली खानाको ब्यवस्था गरी निःशुल्क बितरण गरिएको थियो । यो प्रतियोगिता नेपाली समुदाय बिचको हालसम्म युएईमा भएको अन्य भलिबल प्रतियोगिताहरुमा भन्दा अहिले सम्मकै ठुलो धनराशिको नगद पुरस्कार रहेको थियो ।

भलिबल प्रतियोगिताको निर्णायक मण्डलमा प्रेम भण्डारी, ईश्वर घमाल, प्रेम शाही, श्र डायमण्ड बस्नेत, अमृत गुरुङ्ग, भीषण गुरुङ्ग, बिष्णु कुमार श्रेष्ठ रसन्तोष गुरुङ्ग रहेका थिए ।

उद्घाटन कार्यक्रममा आयोजकको तर्फबाट केन्द्रीय सदस्य एवं खेलकुद संयोजक हिरालाल श्रेष्ठले स्वागत मन्तब्य प्रस्तुत गरी उपस्थित सम्पुर्णलाई प्रतियोगिता मार्फत राष्ट्रीय खेलको स्तर वृद्धि गर्न यस प्रतियोगिताको आयोजना गरेको र कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै स्वागत गरेका थिए ।

अतिथीहरुको स्वागत ब्याच तथा खादाद्वारा सम्मान कार्य केन्द्रीय महिला सदस्य कामना श्रेष्ठ र नविना शाक्यले गरेका थिए भने अन्तमा समापन कार्यक्रम मार्फत महासचिब कुमार बलामीले सम्पुर्ण सहभागी टिम तथा सहयोगी दाताहरु, नुजल मेनेज्मेन्ट, मिडिया पार्टनर तथा पत्रकारहरु लगायत स्वयमसेवकहरु, आर्कन सेक्युरिटी कम्पनी र उपस्थित खेलकुदप्रेमी दर्शकहरु सबैलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने र सबैको साथ र सहयोग पाई रहने अपेक्षा राख्दै बिजयी टिमका खेलाडीहरुलाई बधाई तथा शुभकामना मन्तब्य सहित सहयोगी सम्पुर्ण धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

सो प्रतियोगिता कार्यक्रमको संचालन पुचःका महासचिव कुमार बलामी र संयोजक हिरा लाल श्रेष्ठद्वारा संयुक्त रुपमा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...