कास्की जिल्ला भलिबल संघमा फेरि पराजुली कै नेतृत्व

पोखरा (खेलदैनिक) । कास्की जिल्ला भलिबल संघको शनिबार पोखरामा सम्पन्न सातौं साधारणसभाद्वारा संघलाई दुई बर्षका पर्नगठन गरिएको छ । नेपाल भलिबल संघको निर्देशन अनुसार गरिएको पुर्नगठनमा भिम पराजुलीलाई पुनः आगामी दुइ बर्षका अध्यक्षमा चयन गरिएको छ ।

साधारणसभाले सदस्यमा एक पद रिक्त राख्दै १४ सदस्यीय कार्यसमिती पुर्नगठन समेत गरिएको छ । पुर्नगठित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र गौचन, उपाध्यक्षमा बाबुराम कोसी, सचिबमा कुमार गुरुङ, कोषाध्यक्षमा टंकराज पौडेल र सहसचिबमा शेषकान्त शर्मा रहेका छन ।

त्यसैगरि कार्यसमितीको सदस्यमा मनशान्त घिमिरे, तारानाथ पहारी, बुद्ध सिंह, राजेन्द्र जिशी, कृष्ण जोशी, योगेन्द्र बस्नेत, बलराम तिमिल्सीना र गोपाल थापा रहेका छन । महिलाका लागि एक पद रिक्त राखिएको र यसलाई चांडै परिपुर्ती गरिने अध्यक्ष पराजुलीले बताए ।

संघको शनिबार नै बसेको पहिलो बैठकले तिन जनालाई सल्लाहकारमा चयन गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत तथा भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण प्रसाद शर्मा, महिला पर्यटन उद्यमी लक्की कार्की र नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकलाई संघको सल्लाहकारमा चयन गरेको हो ।

बैठकले आगामी २०७५ भदौ १ गते देखि ३ गते सम्म पोखरामा खुल्ला पुरुष बिच भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको अध्यक्ष पराजुलीले बताएका छन । उक्त बिच भलिबलमा प्रथम र दोश्रोले क्रमश नगद ३० र २० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।

साधारणसभा पछि बसेको पहिलो बैठकले साधारणसभामा प्रस्तुत केही नितीगत तथा वार्षिक कार्यक्रमहरुलाई अगाडी बढाउने जानकारी अध्यक्ष पराजुलीले दिए । संघको बार्षिक कार्यक्रम अनुसार गाँउपालिका स्तरिय महिला–पुरुष प्रतियोगिता आयोजना गर्ने मेयर कप भलिबल प्रतियोगिता, विद्यालय स्तरिय छात्र–छात्रा प्रतियोगिता, वार्षिक रुपमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने, ट्रेनिङ सेन्टरलाई व्यवस्थित बनाउने, खेलाडी अक्षय कोषको स्थापना गर्ने, राष्ट्रिय रेफ्रि कोर्षको संचालन रहेका छन ।

अध्यक्ष पराजुलीका अनुसार खेलाडीलाई प्रोत्साहन दिन वािर्षक रुपमा एक–एक जना महिला तथा पुरुष खेलाडीलाई सम्मान गर्ने निर्णय समेत गरिएको छ । त्यसैगरी संघले वार्षिक रुपमा एक जना पत्रकारलाई समेत सम्मान गर्ने निर्णय गरेको छ । कास्की जिल्लामा भलिबलका खेलाडी उत्पादन गर्न एक विद्यालय एक भलिबल खेलाडी कार्यक्रमलाई व्यबस्थित रुपमा अगाडी बढाइने अध्यक्ष पराजुलीले बताए ।

यस अघि सातौ साधारणसभाको उद्घाटन गर्दै नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले भलिबल खेलको बिकासका लागि सबै मिलेर अगाडी बढनु पर्ने धारणा राखे ।

सो अबसरमा संघका केन्द्रिय सल्लाहाकार एवम पोखरा लेखनाथ महानगरपलिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले संघले जिल्लामा खेलाडी उत्पादनमा विशेष ध्यान दिनु पर्ने कुरा उल्लेख गरे । कार्यक्रममा संघका केन्द्रिय सचिब डीबी नेपाली, कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...