सभामुख कप राष्ट्रिय भलिबलमा विभागीय टोली उपाधि नजिक

रोल्पामा रेफ्रि तथा अफिसियलहरु सामूहिक तस्विर खिचाउँदै ।

रोल्पा (खेलदैनिक) । जारी सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली पुलिस, एपीएफ र आर्मी उपाधि नजिक पुगेका छन् । महिलातर्फको उपाधि भिडन्तमा एपीएफ र पुलिस तथा पुरुषतर्फको फाईनलमा आर्मी र पुलिस प्रतिस्पर्धा गर्ने छन् ।

रोल्पाको लिवाङमा मंगलवार भएको महिलातर्फको सेमिफाईनल खेलमा पुलिसले नेपाल आर्मीलाई २५–२०, २५–१७ र २५–१० को सोझो सेटमा हरायो । दोश्रो सेमिफाईनल खेलमा एपीएफले प्रदेश ५ लाई २५–६,२५–८ र २५–१३ को सोझो सेटमा स्तब्ध बनायो ।

त्यस्तै पुरुषतर्फको सेमिफाईनलमा नेपाल आर्मीले प्रदेश ४ लाई २७–२५, २५–२० र २५–२१ को सोझो सेटमा पराजित गदै उपाधि नजिक पुग्यो । अर्को सेमिफाईनल खेलमा पुलिसले एपीएफलाई २५–१६,२५–१६,२४–२६ र २५–२१ को सेटमा हराउदै उपाधि भिड्न्तमा आर्मीसँग भेट पक्का गर्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा जारी प्रतियोगिताका दुवै समूहका बिजेता टिमले समान ३ लाख ५० हजार, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख नगद पुरस्कार पाउने छन् । फाईनल खेल बुधवार हुनेछ । तेश्रो स्थानका लागि मंगलवारनै खेल हुने नेपाल भलिबल संघका उपाध्यक्ष यम गुरुङले जानकारी गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...