कपिलबस्तु राष्ट्रिय भलिबलको सेमिफाईनल समिकरण पुरा

कपिलवस्तु (खेलदैनिक) । प्रथम कपिलबस्तु राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण आइतबार पुरा भएको छ । आईतवार भएको खेलमा जित हात पार्दै समूह क बाट प्रदेश तीन र सातले सेमिफाईनलको स्थान सुरक्षित गरेका छन् भने समूह ख बाट प्रदेश चार र पाँच सेमिफाईनलमा पुगेका छन् ।

दुवै समूहमा सेमिफाईनलमा प्रवेश गर्ने टिमले एक अर्कासँग लिग चरणको खेल खेल्न बाँकी छ । जित्ने टिम समूह बिजेता तथा पराजित टिम समूह उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गर्ने पक्का भएको छ ।

कपिलबस्तु जिल्ला खेलकुद बिकास समितिको आयोजनामा जारी प्रतियोगिताको समूह क को पहिलो खेलमा प्रदेश सातले प्रदेश छ लाई २५–११, २५–१६ र २५–१२ को सोझो सेटमा हरायो । दोश्रो खेलमा प्रदेश सातले प्रदेश एकलाई २५–२३, २५–१९ र २५–२१ को सोझो सेटमा स्तब्ध बनायो । त्यस्तै प्रदेश तीनले प्रदेश छ लाई २५–१९, २५–६, २२–२५ र २५–१५ को सोझो सेटमा हरायो ।

बैरियाको बाल उच्चमाबीमा कृतिम प्रकाशमा भएको रात्रीकालीन खेलमा समूह ख को प्रदेश चारले प्रदेश दुईलाई २५–१३, २५–२० र २५–१९ को सोझो सेटमा हरायो । त्यस्तै अर्को खेलमा प्रदेश पाँचले प्रदेश दुईलाई २५–१४, २५–१८ र २५–१६ को सोझो सेटमा स्तब्ध बनायो ।

प्रदेशको अवधारणाबाट खेलाईएको प्रतियोगिताका बिजेताले एक लाख ११ हजार ११ नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ५५ हजार ५ सय ५५ र तेश्रोले ३३ हजार ३ सय ३३ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी र बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट सर्भर, बेष्ट डिफेन्स र बेष्ट ब्लकरले आकर्षक ट्रफि प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...