कपिलबस्तु राष्ट्रिय पुरुष भलिबल शुरु, प्रदेश ३ को बिजयी शुरुवात

कपिलबस्तु (खेलदैनिक) । कपिलबस्तु जिल्ला खेलकुद बिकास समितिको आयोजनामा प्रथम कबिलबस्तु राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । बैरियाको बाल उच्च माबीमा भएको उद्घाटन खेलमा प्रदेश नम्वर ३ ले प्रदेश नम्वर १ लाई ३–१ को सेटमा हराउदै बिजयी सुरुवात गरेको छ ।

शुत्रवार बेलुका कृतिम प्रकासमा भएको खेलमा प्रदेश नम्वर १ ले १२–१७ ले पछि परेको अवस्थालाई उल्टाउदै पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारे पनि अन्य सेटमा निरन्तरता दिन नसक्दा पराजित हुन पुग्यो । पहिलो सेट गुमाए पनि प्रदेश नम्वर ३ ले उत्कृष्ट पुनरागमन गदै लगातार तीन सेट २५–१८,२५–२१ र २५–१८ ले जित्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

कपिलवस्तुमै पहिलो पटक गरिएको रात्री प्रतियोगितामा बिभागिय टिम समाबेश गरिएको छैन् । प्रदेशको अवधारणाबाट खेलाईएको प्रतियोगितामा ७ प्रदेशका खेलाडीले मात्र प्रतिस्पर्धा गरेका छन् । लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा समूह “क” मा प्रेदश १, ३, ६ र प्रदेश ७ रहेका छन् भने समूह “ख” मा प्रदेश ४, ६ र प्रदेश ५ रहेका छन् ।

बैशाख १७ गते सम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले गरेका थिए । प्रतियोगिताको बिजेताले एक लाख ११ हजार ११ नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ५५ हजार ५ सय ५५ र तेश्रोले ३३ हजार ३ सय ३३ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी र बेष्ट स्पाईकर, बेष्ट सेटर,बेष्ट सर्भर, बेष्ट डिफेन्स र बेष्ट ब्लकरले आकर्षक ट्रफी प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...