नेपाल पराजित, अव तेस्रो स्थानका लागि खेल्ने

काठमाडौं (खेलदैनिक) । एसियन भलिवल महासंघ (एभिसी) सेन्ट्रल जोन प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले तुर्कमेनिस्तानसँग २५–१४, २५–१८, २५–१९ को सहज सेटमा हार बेहोरेको हो । उपाधि होडबाट बाहिरीए पनि प्रतियोगितामा नेपालको पदकको सम्भावना भने कायम छ ।

नेपालले अव शुक्रबार तेस्रो स्थानका लागि हुने खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सो खेलमा जित हात पारेको अवस्थामा नेपालले काँश्य पदक जित्ने छ ।

पराजयपछि नेपाली टोलीका कप्तान इम राना मगरले ब्लक र सर्भिसमा गरेको कमजोर प्रदर्शनले खेल गुमाउनु परेको बताए । त्यस्तै नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले योजनाअनुसारको खेल नभएको बताए ।

तुर्कमेनिस्तान र बंगलादेश उपाधिका लागि भिड्ने

प्रतियोगिताको उपाधिका लागि तुर्कमेनिस्तान र आयोजक बंगलादेशले प्रतिस्पर्धा गर्ने भएका छन् । तुर्कमेनिस्तानले नेपाललाई पराजित गर्दै फाईनलमा यात्रा सुरक्षित गर्दा बंगलादेशले बुधबार नै भएको खेलमा किर्गिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । तुर्कमेनिस्तान समुह बी तथा बंगलादेश समुह ए का टोली हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...