“खेल क्षेत्रप्रति वर्तमान सरकार गम्भिर” : सदस्य सचिव

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले नेपाल भलिबल संघको आठौं साधारण सभाका उद्घाटनका अवसरमा खेलक्षेत्र प्रति वर्तमान सरकार गम्भिर भएको धारणा व्यक्त गरेका छन् ।

उनले भने “वर्तमान सरकारको पहिलो बैठकको पहिलो निर्णयनै सातै प्रदेशमा खेलकुद ग्राम बनाउने निर्णय भयो । यसको अर्थ बर्तवान सरकार खेलकुद प्रति अत्यन्त गम्भिर छ ।” सदस्य–सचिव बिष्टले भलिबल राष्ट्रिय खेल भएको अनुभूती आम नागरिकले महसुस गर्ने गरि बिकासका कार्यहरु अगाडि बढाउने जानकारी गराउदै अगाडी भने “२०७५ जेष्ठ ८ गते भलिबल राष्ट्रिय खेल घोषणा भएको एक बर्ष पुग्छ । त्यसको अवसरमा जिल्ला देखि केन्द्र सम्म दुई हजार ७५ भलिबल नयाँ पुस्तालाई बितरण गरेर गाउँ–गाउँमा भलिबलको रौनाक बढाउने उद्दश्य रहेको छ ।”

उद्घाटनका अवसरमा उनले भलिबल एकेडेमीको लागि जग्गा उपलब्ध गराउने पनि प्रतिबद्धता ब्यक्त गरे । सधारण सधामा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले एशियाली खेलमा महिला टिमलाई सहभागिता गराउन सदस्य–सचिवलाई अनुरोध गदै भने– “हामी महिला टिमलाई एशियाली खेलमा सहभागिता गराउने पक्षमा छौ,हाम्रो अनुरोध राज्यसँग हो सम्भव नभए संघको पहलकदमीबाट पनि सहभागिता गराउने पक्षमा छौं ।”

धुलेखेलमा आयोजित साधारण सभाले महासचिव जितेन्द्र वहादुर चन्दले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...