इवाचौरलाई भलिबल उपाधि

मेयर कप पुरुष भलिबल उपाधि विजेता इवाचौर टोली ।

काठमाडौं (खेलदैनिक) । इवाचौर सामुदायिक क्लबले प्रथम जिल्लाव्यापी खुल्ला मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

मेलम्चीमा भएको फाइनलमा इवाचौरले आयोजक मेलम्ची नगर युवा क्लबलाई २५–१७, २४–२६, २५–१३ र २६–२४ को सोझो सेटमा पराजित गर्यो । उपाधिसंगै इवाचौरले १ लाख नगद पुरस्कार पायो भने मेलम्ची नगर युवा क्लबले ७५ हजार नगद पुरस्कार प्राप्त गर्यो ।

मेलम्ची नगरपालिका ८ ले मेलम्ची नगरपालिका १ लाई २६–२८, २५–१९, २१–२५, २५–२१ र १५–११ ले हराएर तेश्रो हुँदै ५० हजार नगद पुरस्कार हात पार्याे ।

मनोज लामा उत्कृष्ट खेलाडी तथा लोकश तामाङ उत्कृष्ट स्पाइकर चुनिए । उपाधि विजेता टोली इवाचौरका दुवैले जनही १० हजार नगद पुरस्कार हासिल गरे । चारदिने प्रतियोगितामा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक क्लबका अध्यक्ष सानुबाबु गिरीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...