नयाबजार र मणीमुकुन्द क्वाटरफाईनलमा

न्यु डायमण्ड र आर्मी बीचको खेल ।

काठमाडौं (खेलदैनिक) । चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा नयाँ बजार सामाजिक युवा क्लब र मणीमुकुन्द क्लब पुरुषतर्फ क्वाटरफाईनलमा प्रवेश गरेका छन् । बुधवार भएको अन्तिम लिग खेलमा नयाबजारले काभ्रे जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा हराउदै समूह बीको उपबिजेताको रुपमा अन्तिम आठमा स्थान बनायो ।

प्रतिस्पधात्मक खेलमा नयाबजारले काभ्रेलाई २५–१७,२७–२५ र २६–२४ को सेटमा हराउदै क्वाटर फाईनलमा आर्मीसग भेट पक्का गरेको छ । अर्को खेलमा मणीमुकुन्दले पश्चिमाञ्चल भलिबल संघलाई ३–१ को सेटमा हराउदै समूह ए बाट उपबिजेताको रुपमा स्थान सुरक्षित गरेको छ ।

पहिलो सेट २५–१८ ले जितेको मणीमुकुन्दले दोश्रो सेट २१–२५ ले गुमाए पनि तेश्रो र चौथो सेट लयमा फर्कदै २५–१८ र २५–१५ आफ्नो पक्षमा पारेको थियो । मणीमुकुन्दले क्वाटर फाईनलमा एपीएफको सामना गर्ने छ । पुरुषतर्फको अन्तिम लिग खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले बुढानिलकण्ठलाई २५–२०,२५–१७,१९–२५ र २५–२३ को सेटमा हराउयो ।

समूह सीबाट उपबिजेताको रुपमा क्वाटर फाईनलमा गरेको जाउलाखेलले हेल्पनेपाल स्पोर्टस् क्लबसग भेट पक्का गेरेको छ । त्यस्तै अर्को क्वाटर फाईनल खेलमा पुलिस र ढोरपाटन खेल्ने छन् । त्रिपुरेश्वरको कभर्डहलमा संचालन भएका महिलातर्फको खेलमा शिवम् न्यु डायमण्डले आर्मीलाई २५–१५,२५–११ र २५–२० को सोझो सेटमा हराउदै समूह बिजेताको रुपमा सेमिफाईनमा प्रवेश गरेको छ ।

महिलाको अर्को खेलमा पद्मोदय युथ क्लब चितवनले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–१ को सेटमा हराउदै सान्वना जित निकालेको छ । पद्मोदयले ढोरपाटनलाई १९–२५, २५–१६,२५–९ र २५–२० को सेटमा हराएको थियो । दुवै टिम प्रतियोगिताबाट बाहिरीएका छन् ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ टोलीले सहभागिता जनाएको छ । पुरुषतर्फ ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउने छन् । बिहिवार हुने पहिलो क्वाटर फाईनल खेलहरुः– हेल्प नेपाल र जाउलाखेल बिहान १० बजे । पुलिस र ढोरपाटन मध्यान्न १२ बजे । एपीएफ र मणीमुकुन्द अपरान्ह २ बजे । आर्मी र नयाबजार सामाजिक युवा क्लब अपरान्ह ४ बजे । फोटो १ देखि ३–न्यु डायमण्ड र आर्मी बीचको खेल ।


प्रतिक्रिया दिनुहोस

Loading...