नमुनालाई रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधि

नमुना रनिङ सिल्ड भलिबल उपाधि विजेता नमुना टोली ।

काठमाडौं (खेलदैनिक) । आयोजक नमुनाले १२ औं नमुना रनिङ सिल्ड उपत्यकाव्यापी अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । चार स्पर्धा समावेश प्रतियोगितामा नमुनाले सर्वाधिक २० अंक जोड्दै समग्रमा रनिङ सिल्ड जितेको हो । शुभतारा ११ अंकसाथ दोश्रो भयो भने ३ अंक जोडेको फ्युचर स्टारले तेश्रो स्थानमा चित्त बुझायो ।

सिनियर ब्वाइजको फाइनलमा नमुनाले शुभतारालाई २५–१४ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । जुनियर ब्वाइजमा नमुनाले फ्युचर स्टारलाई २३–२५, २५–१९ र २५–९ ले हराउदै पहिलो भयो ।

सिनियर गल्र्स फाइनलमा शुभताराले नमुनालाई २५–२३ र २५–१७ ले पाखा लगायो । जुनियर ब्वाइजको उपाधि भिडन्तमा शुभताराले नमुनालाई २५–२३ र २५–१८ ले पन्छायो ।

सिनियर ब्वाइजमा नमुनाका कौशलराज भण्डारी, जुनियर ब्वाइजमा नमुनाका मन्जिल तण्डुकार, सिनियर गल्र्समा शुभताराकी प्रत्युशा श्रेष्ठ र जुनियर गल्र्समा नमुनाकी सुरक्षा गुरुङ उत्कृष्ट खेलाडी चुनिए ।

त्यस्तै महालक्ष्मी नगर कप शिक्षक भलिबलको उपाधि नमुनाले नै जित्यो । फाइनलमा नमुनाले गुरुकुलमाथि २५–१८, २४–२६ र २५–१५ को जित दर्ता गर्यो ।

छदिने प्रतियोगिताको सिनियर ब्वाइजमा ६ तथा सिनियर गल्र्स, जुनियर गल्र्स र जुनियर ब्वाइजमा समान ६–६ टिम सहभागी थिए । शिक्षकमा ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...