शिवम् न्यु डायमण्डको दोहोरो जित

काठमाडौ (खेलदैनिक) । शिवम् न्यु डायमण्ड एकेडेमी जारी १३ औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित निकालेको छ । मंगलबारबाट दोस्रो चरणको लिगमा न्यु डायमण्डले विभागीय नेपाल पुलिस क्लब र चितवनको मेघौली क्लबलाई पराजित गर्दै दोहोरो जित निकालेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा न्यु डायमण्डले पुलिसलाई २५–१८, १९–२५, २५–२२ र २५–१२ को सेटमा पराजित गर्न सफल भएको हो । त्यस्तै, दोस्रो खेलमा मेघौली क्लबमाथि न्यु डायमण्डले शानदार जित हात पार्यो । न्यु डायमण्डले मेघौलीलाई २५–७, २५–९ र २५–९ को सोझो सेटमा पराजित गरेको हो ।

मंगलबार नै भएको अर्को खेलमा विभागीय टिम एपीएफ क्लबले मेघौली क्लबलाई नै पराजित गरेको छ । एपएिफले मेघौलीलाई २५–८, २५–१८ र २५–३ को सोझो सेटमा पराजित गरेको हो । यता अर्को खेलमा विभागीय टिम नेपाल आर्मीले श्रीगाँउलाई सोझो सेटमा पराजित गरेको छ । आर्मीले श्रीगाँउलाई २५–१९, २५–११ र २५–९ को सेटमा पराजित गरेको हो ।

मंगलबार नै भएको खेलमा टप्स उच्च माविले आर्मीलाई २५–१५, २५–१५ र २५–१९ को सोझो सेटमा पराजित गर्न सफल भयो । प्रतियोगिताको दोश्रो चरणको खेल प्ररम्भ हुदा शिवम् न्युडायमण्डले १३ खेलबाट ३७ अंक जोडेको छ । अपराजित रहेको एपीएफले ११ खेलबाट ३२ अंक जोड्न सफल भएको छ । तेश्रो स्थानका रहेका नेपाल पुलिस क्लब र पश्चिमाञ्चल टप्सउमाबीले १२ खेलबाट समान २७ अंक जोडेका छन् ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावर म्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटर पाउने छन् ।

प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...