हङकङमाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं (खेलदैनिक) । मैत्रीपूर्ण अभ्यास खेलका लागि हङकङमा रहेको नेपाली राष्ट्रिय भलिबल टोलीले घरेलु टोली हङकङमाथि लगातार दोस्रो जित हात पारेको छ । सोमबार दोस्रो अभ्यास खेलमा नेपालले २५–१६, २५–१४, २६–२८ र २७–२५ को सेटमा घरेलु टोलीलाई पराजित गर्यो ।

यसअघि आइतबार सम्पन्न पहिलो अभ्यास खेलमा पनि नेपालले हङकङमाथि चौतिस बर्षपछि ऐतिहासिक जित हात पारेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...