हङकङमाथि नेपालको ऐतिहासिक जित

हङकङविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी (सेतो) ।

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय भलिबल टोलीले आईतवार मैत्रिपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । चौतिस बर्षपछी हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको हो ।

खेलपश्चात नेपालका मुख्य प्रशिक्षक बिरेन्द्रप्रसाद चौधरीले भने “यहाको कोर्टमा खेल्दा सुरुमा केटाहरु अलमलिए तर पछी राम्रो गरे । घरेलु टोली पनि राम्रो हो । हामीले विश्वाश गरेका केही खेलाडीले सोचे जस्तो खेल्न साकेनन । मानबहादुरले सोचे जस्तो खेल्न सकेन बिशेष गरी । उनले राम्रो खेलेको भए हामी सिधा ३ सेटमा जित्न सक्थ्यौं ।”

त्यस्तै उता हङकङका प्रशिक्षक याउ होक चुन भन्छन् “लामो यात्रा गरेर आएकाले नेपाली टोली केही थाके जस्तो देखिन्थ्यो । त्यसैले पहिलो सेट उनीहरूको लागि वार्म अप जस्तो भयो । पछी उनिहरूले राम्रो खेले । आजको कमजोरीलाई गम्भिर रूपमा बिश्लेशण गरी राम्रो गर्ने छौ ।”

त्यसेगरी नेपाली टोलीका कप्तान इम रानामगरले शुरुवातमा तालमेल नमिले तापनि पछि टोलीले राम्रो खेलेको बताए । रानाले भने “सुरुमा उनीहरूको खेल बुझ्न समय लाग्यो । हाम्रो पनि तालमेल मिल्न सकेको थिएन । पछी उनीहरूको खेल बुझे पछी राम्रो गर्न सफल भयौं । रीसिभमा राम्रो हुन सकेको छैन भोली त्यस्मा सुधार गर्नेछौ ।”


प्रतिक्रिया दिनुहोस

Loading...