शिवम् न्यु डायमण्ड कप महिला भलिबल माघ तेश्रो साता

काठमाडौं (खेलदैनिक) । महिला भलिबलको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाएको न्यु डायमन्ड एकेडेमीले पहिला पटक शिवम् न्यु डायमन्ड कप भलिबल राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शिवम् सिमेन्टको मुख्य प्रायोजनमा हुने प्रतियोगिता यही माघ २१ गतेदेखि २३ गतेसम्म नयाँ बसपार्क स्थित ढोरपाटन भलिबल प्रशिक्षण क्लबमा हुनेछ ।

प्रतियोगितामा ढोरपाटन महिला डबल लिग प्रतियोगितामा शीर्ष ६ भित्र पर्न सफल टोलीले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका प्रिन्सिपल एवं प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी उपविजेताले प्राप्त गर्ने एक लाख एक हजारको नगद प्रायोजन नारायणबहादुर महर्जनले गरेका छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्नेले ५१ हजार प्राप्त गर्ने छन् । चौथो स्थान हासिल गर्नेले टिमले प्राप्त गर्ने रकम २१ हजार पुरस्कारको पुरस्कार हाल जापन निवासी नेपाल भलिबल संघका जापानका अध्यक्ष नबिन गुरुङले गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले प्राप्त गर्ने १० हजार बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको छ । बिधागततर्फ उत्कृष्ट स्पाइकर , उत्कृष्ट सेटर, उत्कृष्ट ब्लककर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डरले जनहि ५ हजार नगद र ट्रफि प्राप्त गर्ने छन् । कुल ३४ लाख १४ हजार खर्च अनुमान गरिएको प्रतियोगिताका लागि मुख्य प्रायेजक शिवम् सिमेन्टले पाँच लाख उपलब्ध गराएको छ ।

शिवम् सिमेन्टका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटाले प्रतियोगिता संयोजक राईलाई चेक प्रदान गरे । उपाध्यक्ष देवकोटाले उत्कृष्ट खेल पस्केर सबैको मन जित्न सफल न्यु डायमन्डलाई उत्कृष्ट प्रतियोगिता आयोजना गर्न शुभकामना दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...