एनभीए अवार्डलाई सिटि ट्रावल एण्ड टुरको साथ

काठमाडौं (खेलदैनिक) । प्रथम एनभीए अवार्डको मुख्य प्रायोजकको रुपमा सिटि ट्रावल एण्ड टुर प्रालीले साथ दिने भएकको छ । शनिवार नेपाल भलिबल संघ र सिटि ट्रावल एण्ड टुर प्रालीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र सिटि ट्रावल एण्ड टुर प्रालीका निर्देशक पुर्व भलिबल खेलाडी शिरवहादुर तामाङबीच सम्झौता पत्र आदान–प्रदान भएको छ । सिटि ट्रावल एण्ड टुर प्रालीका निर्देशकद्धय शिरवहादुर तामाङ र बिनोद कार्कीले सम्झौतामा उल्लेख भए अनुसार पहिलो किस्ताको रकम रु ३ लाख ५० हजारको चेक संयुक्त रुपमा नेपाल भलिबल संघका अध्यक्ष शर्मालाई हस्तान्तरण गरे ।

नेपाल भलिबल संघले यस बर्ष देखि आयोजना गर्ने एनभीए अवार्डलाई मुख्य प्रायोजकको जिम्मेवारी लिएको सिटि ट्रावल एण्ड टुर प्रालीले ३ बर्षका लागि १० लाख ५० हजारको प्रायोजन गरेको छ । मुख्य प्रायोजकले महिला र पुरुषतर्फ बर्ष उत्कृष्ट टिमलाई ५० हजारका दरले सम्मान गरिने रकमको प्रायोजन गरेको छ ।

नेपाल भलिबल संघले सोमवार एभीसी एशियन सेन्टर जोनमा पदक बिजेता पुरुष खेलाडीलाई ३ लाखले सम्मान गर्ने छ । त्यस्तै बर्ष उत्कृष्ट पुरुष तथा खेलाडीलाई जनहि २५ हजारले सम्मान गर्ने भएको छ । पुरुष खेलाडीलाई दिईने नगद सामाखुसी बोडिङ९सेब०ले प्रायोजन गरेको छ भने महिलातर्फको प्रायोजन बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानले गर्ने भएको छ ।

बर्षको उदयमान खेलाडिको रुपमा एक महिला तथा पुरुष खेलाडी नगद १५ हजार ले सम्मानीत हुने छन् । उदयमान महिला खेलाडीको नगद प्रायोजन ढोरपाटन भलिबल क्लबका कोषध्यक्ष छलकुमारी छन्त्यालले गरेकी छन् भने पुरुषतर्फ रोयल हिमचुली इन्टरनेश्नलका अध्यक्ष किरण धायलले गरेका छन् ।

त्यस्तै बर्ष उत्कृष्ट कोचको अवार्ड महिलातर्फ न्यूटन हाईस्कुलका प्रिन्सिपल रामवहादुर केसीले गरेका छन् भने पुरुषतर्फको प्रायोजन जनप्रेमी कलेजका निलेश आचार्यले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...