दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल फाल्गुन तेश्रो साता

दोश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल फाल्गुन तेश्रो साता देखि हुने भएको छ ।

बृहत दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा आठौं रेडियो दिदी–बहिनी बार्षिकोत्वका अवसरमा आयोजित दोश्रो दिदी–बहिनी कप राष्ट्रिया महिला भलिबल प्रतियोगिताका आयोजक रेडियो दिदी बहिनीकी अध्यक्ष कल्पना चापागाईले जानकारी गराईन् । पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले प्रतियोगिता सफल पार्न नेपाल भलिबल संघ र आफुले ब्यक्तिगत पनि महत्वपूर्ण साथ सहयोग गर्ने जानकारी गराए ।

उनले भने हामी भलिबलकै बिकास–बिस्तारका लागि दिन–रात लागि परेका छौं,त्यसमा पनि दिदी बहिनीले आयोजना गरेको प्रतियोगितामा दाईले राम्रै दक्षिणाको जो मिलाउने छ ।

पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारमा मिति २०७४ फाल्गुन २२ देखि २४ सम्म संञ्चालन हुने प्रतियोगितामा नेपालका चर्चित टिम साबिक बिजेता न्यु डायमण्ड एकेडेमी,एपीएफ,पुलिस,पश्चिमाञ्चल,नेपाल आर्मी र आयोजकको स्थानिय टिमको सहभागिता रहने छ । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।

रेडियो दिदी–बहिनी ९५.२ मेगाहर्जको आयोजनामा संचालन हुने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख, उपबिजेताले नगद ६० हजार र तृतिय हुनेले ४० हजार नगद प्राप्त गर्ने छन् ।

खेलाडीको प्रोत्साहन र सम्मानका लागि प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,उत्कृष्ट स्पाईकर,उत्कृष्ट सेटर,उत्कृष्ट क्विकर, उत्कृष्ट ब्लकर,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई नगद सहित आकर्षक ट्रफिले पुरस्कृत गर्ने ब्यवस्था मिलाईएका छौं । पुरस्कारतर्फ नगद,ट्रफि,मेडल र प्रमाण–पत्रका लागि ३ लाख ५० हजार लाग्ने अनुमान गरेका छौं । त्यस्तै सिमित श्रोत–सादनको उपयोग गदै प्रतियोगितामा सहभागि टिमको ब्यावस्थापनका लागि आते–जाते र खान–बस्न को उचित ब्यवस्था पनि आयोजकले मिलाउने छ ।

त्यसका लागि ८ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि ग्राउण्ड ब्यवस्थापन,जुरी,रेफ्रि,अफिसियल र स्वयंमसेवकका लागि ३ लाख ५० हजार लाग्ने अनुमान गरिएका छौं । प्रतियोगिता संचालनका लागि समग्रमा १५ लाख लाग्ने अनुमान आयोजकको छ ।

बृहत दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा आठौं रेडियो दिदी–बहिनी बार्षिकोत्वको मुख्य आर्कषकको रुपमा रहेका दिदी–बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता महिला हिसां बिरुद्ध सशक्क्तिकरणको अभियान, पर्यटकीय विकासमा टेवा, मोफसलका खेल संस्कृतिको बिकास–प्रर्वद्धन र खेलाडीको सम्मान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी माली,सदस्य ज्योती केसीलगायतको उपास्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...